काठमाडौं : विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासका लागि स्वीकृति दिएको छ।
आयोगले युनाइटेडलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो। अब हकप्रद सम्बन्धी प्रस्ताव यस हाइड्रोपावरको आगामी साधारण सभामा पेश हुनेछ।
उक्त सभा र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिएपछि हाइड्रोपावरले हकप्रद बिक्री खुला गर्नेछ । हाल यसको चुक्ता १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ


































