National life

युनिलिभर नेपालको नाफा १ अर्ब ८३ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३२ साउन २०८०, बिहिबार
574Shares
युनिलिभर नेपालको नाफा १ अर्ब ८३ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत वर्ष १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको असारसम्म खुद नाफा १८.६८ प्रतिशत बढाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत असारसम्म कम्पनीको बिक्री आम्दानी १५.६० प्रतिशत बढेर ८ अर्ब ४८ करोड रुपैयाँ बराबर कारोबार गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको अन्य आम्दानी पनि ५८.९५ प्रतिशत बढेर १९ करोड ३६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष अन्य आम्दानी १२ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो वर्ष १ हजार ६७५ रुपैयाँ रहेकोमा बढेर १ हजार ९८८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि ३ हजार ९६७ रुपैयाँबाट बढेर ४ हजार ७३४ रुपैयाँ कायम छ ।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?