National life

योग्य व्यक्ति तत्काल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्न अर्थ समितिको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
1.4kShares
योग्य व्यक्ति तत्काल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्न अर्थ समितिको निर्देशन
ncell

काठमाडौं। रिक्त पद रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्न अर्थ समितिले निर्देशन दिएको छ।

लामो समयदेखि रिक्त रहेको उक्त पदमा अध्यक्ष चयन नहुदाँ अर्बौ रुपैयाँको निष्कासन रोकिएको उल्लेख गर्दै समितिले तत्काल उपयुक्त र योग्य व्यक्तिलाई अध्यक्षमा नियुक्त गर्न निर्देशन दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिले पूँजी बजार सम्बेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न समेत सरोकारवालाहरुलाई ध्यानाकर्षण गर्न निर्देशन दिएको छ ।

साथै, सबै मिलेर पूँजी बजारलाई थप मजबुद, पारदर्शी र दिगो बनाउने तर्फ लाग्नुपर्ने र नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित कानुनी एवं अन्य सुधारका पक्षसहितको कार्य योजना १५ दिन भित्र समितिमा पेश गर्न समितिले निर्देशन दिएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?