काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो।
आज बिहीबारका दिन सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
https://aarthikvoice.com/archives/35306
यो मूल्य आजसम्मकै उच्च हो । यसअघिको उच्च मूल्य १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघिको उच्च मूल्य १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ रुपैयाँ कायम थियो ।


































