काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दा प्रकरणमा मुछिएका रवि सहित छविलाल जोशीलाई समेत धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। आज सरकारी वकिलको जवाफी बहसपछि न्यायाधीशले आदेश दिएका हुन् ।
जोशीसहित रास्वपा सभापति रवि लामिछाने, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको हो ।छविलाल असोज ६ गते पक्राउ गरेका थिए ।


































