National life

रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गर्ने दुई जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ चैत २०८०, बुधबार
669Shares
रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गर्ने दुई जना पक्राउ
ncell

काठमाडौँ । रसुवाको केरुङ नाका हुँदै काठमाडौँसम्म सुन तस्करी गरेर ल्याएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेको छन्।

विक र लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौँ महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो ।

भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरूबाट बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता नकुल पोखरेलले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुन तस्करीमा संलग्न उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?