काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेको छ । आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो ।
सातै प्रदेशमा जाने योजनाअनुरुप आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो ।
कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई स्थगित गरिएको छ ।
बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।
आयोगले आज सोमबार मधेश प्रदेश सहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् ।
आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ ।


































