National life

राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढी पहिरो पीडितको सहायताका लागि दुई करोड आर्थिक सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
816Shares
राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढी पहिरो पीडितको सहायताका लागि दुई करोड आर्थिक सहयोग
ncell

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंक सञ्चालक समिति अध्यक्ष दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार एक कार्यक्रमका बिच दुई करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
११३०१००००३७६२००१ खातामा दुई करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ ।

बाढी पहिरोको कारण मृत्यु हुने नागरिकहरू प्रति बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बैंकले बाढीपहिरोको कारण घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडा, सहसचिव विनोद कुँवर, बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, सुशिल घिमिरे, लक्ष्मण घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, उप कार्यकारी अधिकृत पवन रेग्मी, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीको उपस्थिति रहेको थियो

यो समाचार शेयर गर्नुहोस्
816SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?