कामठाडौं। राष्ट्र बैंकले तोकेको नियम उल्लंघन गरेको आरोपमा नेपाल राष्ट्र बैंकले आधा दर्जन सीईओ र सञ्चालकहरूलाई कारबाही गरेको छ।
राष्ट्र बैंकेको नियम विपरीत गरेपछि विकास बैंक र फाइनान्स कम्पनीका सीईओ, सञ्चालक समिति र अध्यक्षसहित आधा दर्जन भन्दा बढी कारबाही भागिदार बनेका हुन ।
राष्ट्र बैंकेको कारवाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंकका सीईओ, अध्यक्ष र सञ्चालक समिति नै परेका छन् भने सप्तकोसी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र सीईओमाथि कारबाही भएको छ।
त्यसैगरी बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई दुई पटक संस्थागत कारबाही गरिएको छ ।
यता राष्ट्र बैंकेको कार्वाहीमा माथि उल्लेखित बैंक तथा फाईनान्स सहित गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ पनि कारवाहीमा परेका छन् । चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा यी संस्था, सीईओ र सञ्चालक समिति कारवाहीमा परेका हुन।































