काठमाडौंः नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १ दिनमै सवा खर्ब रुपैयाँ निक्षेप राखेका छन् ।
हिजो आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा १ खर्ब २३ अर्ब ८० करोड रुपैयाँ निक्षेप राखेका हुन्। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेका छन्।

केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएकोसँगै हालसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा ४ खर्ब २१ अर्ब निक्षेप राखिसकेका छन्। यसरी राखेको रकम ४ दिनसम्म झिक्न मिल्दैन ।
बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन् । स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन् ।































