National life

राष्ट्र बैंकले एक खर्ब तानेपछि बैंकहरुमा ६ अर्ब मात्र अधिक तरलता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
460Shares
राष्ट्र बैंकले एक खर्ब तानेपछि बैंकहरुमा ६ अर्ब मात्र अधिक तरलता
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब बढी तरलता खिचेपछि बैंकिङ्ग प्रणालीको अधिक तरलता ६ अर्बमा झरेको छ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार पुस १३ गतेसम्ममा बैंकिङ्ग प्रणालीमा ५ अर्ब ९६ करोड रुपैयाँ अधिक तरलता रहेको छ । यो सिआरआर बाहेकको अधिक तरलता हो।

केहि समय अघि १ खर्ब माथि पुगेको अधिक तरलता राष्ट्र बैंकले निरन्तर खिच्दा अहिले ६ अर्ब रुपैयाँमा झरेको हो।

Royal Enfield
nic asia capital
पुस १२ गतेसम्ममा बैंकिङ्ग प्रणालीको अधिक तरलता १ अर्ब ५८ करोड रुपैयाँमा झरेको थियो। शुक्रबार तरलता ४ अर्ब रुपैयाँभन्दा धेरैले बढेको हो।

राष्ट्र बैंकले अहिले १ खर्ब ४ अर्ब रुपैयाँ तरलता बैंकहरुबाट खिचेर राखेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी बैंकहरुबाट तरलता खिचेको हो।

पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर रुपमा निक्षेप संकलन उपकरण जारी गरी बैंकहरुको अधिक तरलता खिचिरहेको छ। चालु आर्थिक वर्षमा केन्द्रिय बैंकले २ खर्ब ४१ अर्ब ५० करोड रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरी बैंकहरुबाट निक्षेप खिचेको छ।

राष्ट्र बैंकले निरन्तर तरलता खिच्न थालेपछि बैंकहरुले बढी ब्याजदर राखेर बोलकबोल पेश गर्न थालेका छन्। केहि समय अघिसम्म १ प्रतिशत ब्याजदर राखेर बोलकबोल पेश गरिरहेका बैंकहरु अहिले भने ३ प्रतिशतभन्दा धेरै ब्याजदर राखेर बोलकबोल पेश गर्न थालेका छन्।

राष्ट्र बैंकले पुस १२ गते जारी गरेको निक्षेप संकलन उपकरणमा बैंकहरुले अधिकतम ३.०९९९ प्रतिशतसम्म ब्याजदर राखेर बोलकबोल पेश गरेका छन्। केहि साता अघि मात्रै अधिक तरलताले गर्दा बैंकहरुले न्युनतम ०. ४९०० प्रतिशतसम्म ब्याजदर तोकेर बोलकबोल पेश गरेका थिए। तर शुक्रबारको बोलकबोलमा बैंकहरुले न्युनतम नै २.७००० प्रतिशत ब्याजदर कबोलेका छन्।

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?