National life
cg eloctronics

राष्ट्र बैंकले १७.४६ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै, भाेलि बोलकबोल हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
726Shares
राष्ट्र बैंकले १७.४६ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै, भाेलि बोलकबोल हुने
muktinatha bikash bank

काठमाडाैं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्दैछ । राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हाे।

केन्द्रीय बैंकले असोज २३ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः पुस २४ गते, चैत २७ गते र २०८१ असोज २२ गते परिपक्व हुनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?