National life

रास्वपाको प्रश्न: नेपाल एयरलाइन्सका जहाजहरू आर्थिक लेनदेन कारण ग्राउण्डेड गराएको हो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
585Shares
रास्वपाको प्रश्न: नेपाल एयरलाइन्सका जहाजहरू आर्थिक लेनदेन कारण ग्राउण्डेड गराएको हो ?
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाल एयरलाइन्सका जहाजहरू आर्थिक लेनदेन कारण ग्राउण्डेड गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपाल एयरलाइन्सका सबै जहाजहरू ग्राउन्डेड हुन पुगेको गुनासो जनस्तरमा रहेको सांसद झाले बताएका हुन् । विभिन्न क्षेत्रमा, विभिन्न अन्तर्राष्ट्रिय रुटहरूमा सञ्चालित नेपाली जनतासँग वा पर्यटकलाई बोक्ने रुटहरूमा सञ्चालित कतै पनि हाम्रो ध्वजा बाहक उडिराखेको छैन । नेपाल एयरलाइन्स उडिराखेको छैन’, उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सी चेकको लागि एक महिनाको मात्रै समय लिएर केही दिन दिल्लीमा राखिएको र त्यसपछि इटाली लगिएको उल्लेख गर्दै उनले थपे, ‘इटालीमा ९० दिन भन्दा धेरै भइसक्यो, जहाँ दैनिक रूपमा हामी ३ हजार भन्दा बढी पार्किङ चार्ज तिरिराखेका छौँ ।’

हाल नेपाल एयरलाइन्सले दैनिक पाँच करोड भन्दा धेरै नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै उनले नेपाल एयरलाइन्सको जहाज ग्राउन्डिेड हुनुमा कतै आर्थिक लेनदेन छ कि भनेर प्रश्न गरेका हुन् । ‘यो चाडपर्व आउन लागेको बेला कतै अन्तर्राष्ट्रिय अरु कम्पनीले अरु सञ्चालितहरूलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पुर्‍याइएको हो कि भन्ने पनि आशंका छ’ सांसद झाले भने ।

अथवा सम्बन्धित क्षेत्रसँग अध्ययन नगरेको व्यक्तिलाई नेपाल एयरलाइन्सको जिम्मेवारी दिएकाले यस्तो भएको हो कि भन्ने पनि उनको आशंका छ । ‘अर्को कारण त्यो क्षेत्रसँग सम्बन्धित अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक वा आर्थिक प्रलोभनमा त्यो पदको जिम्मेवारी दिइएको पनि हो कि १’ उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?