काठमाडौँ। रिलायबल लाइफ इन्स्योरेन्सले लिमिटेड कम्पनीको सचिवमा दीपेशबाबु तिवारी नियुक्त भएका छन् ।
कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले कार्तिक एक गतेदेखि लागू हुने गरी वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका तिवारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो।
हाल कम्पनी सचिव रहेका नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । अधिकारीको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले तिवारीलार्ई सचिवमा चयन गरेको हो ।



































