काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि वैदेशिक रोजगार विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई एकमुष्ट रूपमा आग्रह गरेको छ।
बुधवार विभागले पत्राचार गरी हवाई टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो। मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि श्रमिकहरूले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ।
उडान समय भन्दा तीन घण्टा अगाडी नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ।
‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कौँ नै तिर्नु अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरू भोक भोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ। यस्तो धेरै गुनासो सुनियो। त्यसैले सबैलाई बोलाएर छलफल गर्यौ,’ उनले भने। छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेका हौ।


































