National life

आर्थिक मन्दीको प्रभावः बालाजु औद्योगिक क्षेत्रमा करोडको कारोबार लाखमा झर्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३२ साउन २०८०, बिहिबार
643Shares
आर्थिक मन्दीको प्रभावः बालाजु औद्योगिक क्षेत्रमा करोडको कारोबार लाखमा झर्यो
ncell

झरना कडेल ,आर्थिक भ्वाइस संबाददाता

काठमाडौं । आर्थिक मन्दीको असरले गर्दा यति बेला बजार सुनसान छ, मानिसको क्रय शक्ति घटेको छ, आम्दानी घटेको छ, खर्च बढेको बढ्यै छ । हरेक तिर महँगी छ ,व्यवसाय सुस्त गतिमा चलिरहेका छन् । हरेक क्षेत्रको कारोबारमा गिरावट आएको छ ।करोडको कारोबार लाखमा झरेको छ, लाखको हजारमा, हजारको सय गर्दै कतिपय शुन्य अवस्थामा पुगिसके कतिपयले व्यावसाय छाडेर हिँड्ने अवस्थामा पुगेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसको असर उद्योग क्षेत्रमा पनि परेको छ । नेपालकै पहिलो बालाजु औद्योगिक क्षेत्रमा आर्थिक मन्दीको चरम प्रभाव परेको हो । जसका कारण त्यहाँस्थित उद्योगहरुको उत्पादन तथा बिक्रीमा ह्रास आएको छ ।

औद्योगिकीकरणको माध्यमबाट मुलुकको आर्थिक विकास गर्ने उद्देश्यले स्थापना भएको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको श्री पोलिथिन एन्ड प्लास्टिक उद्योग प्रा.लि.मा पहिले जस्तो सामानहरुको अर्डर आउँदैन । वार्षिक रुपमा १२ देखि १३ करोडको कारोबार हुने उक्त उद्योगमा अहिले मन्दी नै लागेको छ । करोडौँको कारोबार खस्किएर अहिले लाखौँमा झरेको छ ।

पहिले मासिक रुपमा १–२ करोडको कारोबार हुन्थ्यो भने अहिले ५०–६० लाखमा झरेको छ । डोलनाथ दवाडीले भने, ‘बाहिर बजारमै मन्दी लागेकाले अर्डर हुनै छोड्यो । कोरोनाको समयमा व्यापार नै भएन बन्दै गरेर राख्यौ तर कोरोना पछि राम्रै भएको थियो तर अहिले आर्थिक मन्दीले सबै चौपट नै पा¥यो ।’ काठमाडौँ लगायत १० वटा जिल्लामा सामान निर्यात गर्दै आएका उनले अब बाहिरी जिल्ला बाट पनि अर्डर आउन छाडेको बताए । देशव्यापी रुपमा छाएको आर्थिक मन्दीको चपेटामा आम मानिस परेको भन्दै सरकारले यसलाई समाधान गर्ने निति लिएर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

श्री को मात्रे होइन , हिलटेक इन्डष्ट्रिज प्रा।लि।को पनि अवस्था त्यस्तै रहेछ । कोरोनाले सुस्ताएको व्यापार लकडाउनपछि केही राम्रो भए पनि आर्थिक मन्दीले नराम्रो प्रभाव परेको त्यहाँ कार्यरत एक व्यक्तिले बताए । पहिले जसरी पाइप र फिटिङ्का सामानको अर्डर आउँथ्यो अहिले त्यति मात्रामा अर्डर आउन छाडेको उनको भनाई छ । हिलटेक इन्डष्ट्रिजमा भने अघिल्लो वर्षको तुलनामा केही कम व्यापार भएको उनको भनाई छ ।

यी मात्रै होइन हल्का पेय पदार्थ उत्पादन तथा बिक्री गर्ने बोटल्स नेपाल नेपाल लिमिटेडमा पनि पहिलेको तुलनामा अहिले उत्पादन तथा बिक्रीमा कमी आएको छ ।‘ जिल्ला बाहिर तथा काठमाडौँ उपत्यकाभर पनि होटेल रेष्टुरेन्टहरु राम्रो चलेको हुनाले राम्रो कारोबार हुन्थ्यो तर अहिले मानिसहरु होटेल रेस्टुरेन्ट जानै छाडे त्यसैले हाम्रो पनि उत्पादन तथा बिक्रीमा निकै कमी आएको छ।’ एक कर्मचारीले भने ।, आफ्नोमा मात्रै नभई समग्र उद्योगी, व्यावसायीहरु आर्थिक मन्दीको चपेटामा परेको उनको भनाई छ ।

यी त केवल प्रतिनिधि पात्र मात्रै हुन् आर्थिक मन्दीको चपेटाबाट अहिले कोही कतै पनि अछुतो नरहेको एक व्यावसायीले बताए ।

पहिलेको तुलनामा ५० प्रतिशतले उत्पादनमा कमी

आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव उद्योग क्षेत्रमा परेको बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक ई। रामाशंकर जयसवालले बताए । उद्योग क्षेत्रमा पहिलेको तुलनामा ५० प्रतिशतले उत्पादनमा कमी आएको उनको भनाई छ ।

कोरोना देखि लगातार खस्किँदै गएको उद्योग धन्दा आर्थिक मन्दीको चरम चपेटामा परेको छ । उनले भने, ‘यहाँ धेरै जसो कन्ट्रक्सन,पाइप र प्लास्टिकजन्य सामानहरुको उद्योग छन्, कन्ट्रक्सन बिल्डिङ हरुनै बन्न छाडे ,मान्छेहरुले घर बनाउनै छाडे सामान अर्डर हुनै छाड्यो । मान्छेसँग पैसै छैन, मान्छेले अर्डर गरे न खपत हुने हो , घर नै नबनेपछी अर्डर नआउनु स्वभाविक हो । त्यसैले पनि उद्योगीहरु मर्कामा परेका छन् ।’

अन्य धेरै जसो उद्योगमा धेरै मात्रामा नराम्रो प्रभाव परे पनि खाद्यान्नमा भने त्यति सारो फरक नपरेको उनले बताए । जनितै आर्थिक अवस्था कमजोर हुँदै गए तापनि खाद्यान्न सामाग्रीको उत्पादन र भने खपत राम्रो नै भइरहेको उनको भनाई छ।

कन्ट्रक्सन क्षेत्रमा सबै भन्दा कम खपत

‘सबै भन्दा बढी कन्ट्रक्सन क्षेत्र मारमा परेका छन्, अहिले अलिअलि चलेको खाद्यान्न हो’ ,उनले भने, ‘उत्पादन नै न्यून छ । , उद्योगीहरुको हजार गुनासो छ , अहिले बैङ्किङ सेक्टरले लोनमा कडाई गरेको छ , बैङ्कले लोन दिएको छैन त्यसरी पनि गाह्रो छ । यहाँ प्लास्टिक इन्डष्ट्रिजहरु धेरै छन् यहाँ, हिलटेकहरु पाइपहरु छन्। तर बाहिर कन्ट्रक्सन नै नभएपछि कसरी खपत हुनेरु’ कतिपय उद्योगहरुमा कर्मचारी कटौती नै गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । ०७७ वैशाखबाट कमी भएको उत्पादन र खपतको अवस्था अझै विकराल बन्दै गएको बताए ।

अवको २ वर्षमा सुधार आउँछ

कोरोनाका कारण वैदेशिक रोजगारबाट पनि धेरै मान्छेहरु फर्किएकाले रेम्न्ट्यिान्स पनि घटेका कारण पनि समस्या भएको उनको भनाई छ । पछिल्लो समय पुनः वैदेशिक रोजगारीमा फर्किनेको सङ्ख्या बढेकाले अवको २ वर्षमा देशको अर्थतन्त्रमा केही सुधार आउन सक्ने बताए ।

औद्योगीकरणका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्ने उद्देश्यले २०१६ फागुन ५ मा उक्त औद्योगिक क्षेत्रको शिलान्यास तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहले गरेका थिए । शिलान्यासको करिब चार वर्षपछि २०२० जेठ १९ मा यस औद्योगिक क्षेत्रको उद्घाटन गरिएको थियो । सुरुमा नेपाल औद्योगिक विकास निगमअन्तर्गत सञ्चालित बालाजु औद्योगिक क्षेत्र २०३१ सालदेखि विकास समितिअन्तर्गत गठित औद्योगिक सेवा केन्द्रबाट सञ्चालन हुँदै आएको थियो ।

त्यसपछि ०४५ साउन १ गते देखि भने नेपाल सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट सञ्चालन हुँदै आएको छ । बालाजु औद्योगिक क्षेत्रभित्र १ सय ५३ वटा उद्योगहरु छन् जसमा प्रत्यक्ष रुपमा करिब ४ हजार र अप्रत्यक्ष रुपमा १० हजार भन्दा बढी कामदारहरु छन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?