काठमाडौं। लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि नागरिक लगानी कोषले यही पुस २९ गते सोमबार तीसौं वार्षिक साधारणसभा बोलाएको छ।
पुस ८ गते बसेको कोष सञ्चालक समितिको बैठकले काठमाडौंको नयाँ बानेश्वरस्थित कोषको केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।
सभाले गत आवको मुनाफाबाट शेयधरनीलाई ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने एजेण्डा राखेको छ । त्यस्तै गत आवको वित्तीय विवरणहरू पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषयमा निचोड निकाल्ने भएको छ ।
सभा प्रयोजनका लागि कोषले पुस २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसर्थ पुस २१ गतेसम्म कायम शेयरधनी मात्रै कोष लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


































