National life

वाणिज्य आपूर्ति विभागद्वारा २१ व्यवसायमा अनुगमन, १२ वटा फर्मलाई ७ लाख जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
773Shares
वाणिज्य आपूर्ति विभागद्वारा २१ व्यवसायमा अनुगमन, १२ वटा फर्मलाई ७ लाख जरिवाना
ncell

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एकैदिन २१ वटा व्यवसायमा अनुगमन गरेको छ । विभागले नियमित अनुगमनका क्रममा आज २१ वटा व्यवसायमा अनुगमन गरेको हाे ।

२१ वटा फर्ममा अनुगमन गरेको विभागले १२ वटालाई ७ लाख १५ हजार जरिवाना गरेको छ ।

नियमविपरीत व्यवसाय गर्ने पसललाई ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबैभन्दा धेरै रिलेबलिङ गरी गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने याटखाटोलमा रहेको एक खाद्यवस्तु विक्रेतालाई ३ लाख जरिवाना गरिएको छ ।

त्यस्तै रिलेबलिङ गरी गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गर्ने याङ्जाको अर्को खाद्यवस्तु विक्रेतालाई पनि २ लाख जरिवाना गरिएको विभागले जनाएको छ । बिनादर्ता सञ्चालित त्रिपुरेश्वरको सर्जिकल सामान बेच्ने विक्रेतालाई विभागले १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

सोल्टीमोड र नयाँ बजारमा रहेको मिनिमार्ट, नयाँ बजारको रेडिमेड कपडा पसल, कस्मेटिक पसल लगायतलाई पनि विभागले जरिवाना गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?