National life

वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात ०.६४ % ले वृद्धि, कुन बैंकको कतिले बढ्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ कात्तिक २०८१, बिहिबार
495Shares
वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात ०.६४ % ले वृद्धि, कुन बैंकको कतिले बढ्यो ?
ncell

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपातमा निरन्तर वृद्धि भइरहेको छ । पछिल्लो १ वर्षमा मात्रै वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात ०.६४ प्रतिशत बिन्दुले बढेको छ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको औसत खराब कर्जा अनुपात ४.०४ प्रतिशत छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०८१ को असोज मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको औसतमा खराब कर्जा अनुपात ३.४० प्रतिशत थियो ।

बैंकहरुबाट आक्रामक रुपमा कर्जा प्रवाह हुन सकेको छैन भने ऋण असुली पनि प्रभावकारी भएको छैन । फलस्वरुपः बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दो क्रममा रहेको छ । निष्क्रिय कर्जा घटाउनका लागि बैंक तथा वित्तीय संस्थाले विभिन्न रणनीति अपनाए पनि खासै सफल हुन सकेका छैनन् ।

विगत लामो समयदेखि आन्तरिक अर्थतन्त्रमा रहेको सुस्तता कायम नै रहेको छ । यसको असर बैंक तथा वित्तीय संस्थामा पनि पर्दै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५ बैंकको खराब कर्जा अनुपात ५ प्रतिशतमाथि रहेको छ । नेपाल इभेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र सिटिजन बैंकको खराब कर्जाको अनुपात ५ प्रतिशतभन्दा छ । त्यस्तै, ९ बैंकको खराब कर्जाको अनुपात ४ प्रतिशत माथि पुगेको छ ।

हिमालयन बैंकको ४.९८, कुमारी बैंकको ४.९६, प्रभु बैंकको ४.९४, प्राइम कमर्सियल बैंकको ४.८६, कृषि विकास बैंकको ४.७८, ग्लोबल आइएमई बैंकको ४.६७, एनआइसी एसियाको ४.२४, नबिल बैंकको ४.२४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत खराब कर्जाको अनुपात पुगेको छ।

यता, अघिल्लो वर्षको यही अवधिको तुलनामा ३ बैंकको खराब कर्जा अनुपात भने घटेको छ । खराब कर्जा अनुपात घट्नेमा नेपाल एसबिआई, एभरेष्ट र कृषि विकास बैंक रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?