National life

वाणिज्य बैंकहरुले कमाए ६४ अर्ब बढी नाफा: सर्वाधिक कमाउनेमा नबिल बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ साउन २०८१, सोमबार
864Shares
वाणिज्य बैंकहरुले कमाए ६४ अर्ब बढी नाफा: सर्वाधिक कमाउनेमा नबिल बैंक
ncell

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । जस अनुसार गत वर्षको असार मसान्तसम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १३.४० प्रतिशतले धेरै हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष यिनीहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। यसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकमा नबिल रहेको छ । बैंकले ७ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १०.२३ प्रतिशत धेरै हो ।

त्यस्तै, ग्लोबल आइएमईले ६ अर्ब १ करोड नाफा कमाएको छ । यसको खुद नाफा मा १०.१३ प्रतिशत गिरावट आएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड, प्रभुले ४ अर्ब ४८ करोड, प्राइमले ३ अर्ब ७७ करोड र एभरेष्ट बैंकले ३ अर्ब ७० करोड नाफा कमाएको छ । प्रभु बैंकको नाफामा भने १५०० प्रतिशले बृद्धि भएको छ ।

यता, प्राइमको २६७ प्रतिशतले खुद नाफामा वृद्धि भएको देखिएको छ । १० वटा बैंकको नाफा बढेको छ भने बाँकीको घटेको छ । सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक परेको छ । यसले जम्मा १ अर्ब २५ करोड नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ ।

सबैभन्दा कम नाफा कमाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ। सो बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ।

समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ। जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशत घटेको छ। त्यस्तै, नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेको छ भने सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशत घटेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?