National life

वाणिज्य बैंक ऋण घोटाला प्रकरणःआरोपित मंगतुराम सूमह सर्वोच्चबाट दोषी ठहर, १ वर्ष कैद सजाय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
519Shares
वाणिज्य बैंक ऋण घोटाला प्रकरणःआरोपित मंगतुराम सूमह सर्वोच्चबाट दोषी ठहर, १ वर्ष कैद सजाय
ncell

काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकमा कर्जा प्रवाह गर्दा भएको भ्रष्टाचार मुद्दामा आरोपितलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसलाको सदर गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र डा.कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो। सर्वोच्चले विराटनगरका व्यवसायी मंगतुराम समूहका चार दाजुभाइ र वाणिज्य बैंकका चार कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको भ्रष्टाचार मुद्दामा विराटनगरका व्यवसायी मंगतुराम अग्रवाल र उनका छोराहरू सुबोधकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई दोषी ठहर गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।

गलत ढङ्गले मंगतुराम समूहलाई कर्जा प्रवाह गरेको आरोपमा वाणिज्य बैंकको विराटनगरस्थित रानी शाखाका ६ जना कर्मचारीहरू पनि दोषी ठहर भएका छन्। बैंकको रानी शाखाका प्रबन्धकहरू राधाप्रसाद साह र शिव चरण मण्डल, सहायक प्रबन्धक चन्द्रलाल अमात्य, लेखाधिकृत भैरवप्रसाद पोखरेललाई विशेष अदालतले ६ ६ महिनाको कैद सजाय सुनाएको थियो।

बैंकका सह लेखा अधिकृत वीरेन्द्रलाल छोटे र कामु सह लेखा अधिकृत श्यामकुमार श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएको थियो।  बैंकको रानी शाखाबाट कर्जा लिन मंगतुरामले नक्कली र झुटो कागजातका आधारमा ऋण लिएको निष्कर्षसहित २०६२ साल जेठ १९ गते अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो।

बैंकिङ कानुन तथा नीति नियम विपरीत ऋण प्रवाह भएको भन्दै अख्तियारले १ अर्ब ३७ करोड रुपैयाँ बिगो मागदावी गरेको थियो। २०६२ सालमा दर्ता भएको मुद्दा २०६८ साल वैशाख ८ गते विशेष अदालतले फैसला गरेको थियो।

मंगतुराम अग्रवाल समूहका अन्नपूर्ण सोप एन्ड केमिकल्स इन्डष्ट्रिज, नारायण भेजिटेबल, गणेश प्लाष्टिक, जय काली बिस्कुट, दन्तकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर, अन्नपूर्ण आइरन एन्ड स्टिल, घटस्थापना इन्टरप्राइजेज र फुलपात इन्टरप्राइजेजका नाममा बैंकले ऋण दिएको थियो। स्वीकृत सीमाभन्दा बढी ऋण दिएको, कमसल धितो राखेको, भाखा नाघेको ऋणीलाई फेरि कर्जा दिएको आरोप थियो।

२०५३ सालदेखि उक्त समूहका विभिन्न उद्योगहरूमा ऋण प्रवाह भएको थियो । त्यति बेला ५१ करोड रुपैयाँ ऋण प्रवाह भएकामा करिब साढे १४ करोड ऋणको मात्रै धितो लिइएको अख्तियारको दाबी थियो।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?