काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद तथा हाल सञ्चालनमा रहेका जहाजको ऋण तिर्नका निमिक्त सहुलियत ब्याजदरमा नयाँ ऋणको खोजीकार्यलाई अगाडि बढाएको छ ।
सुरु गरेको छ । निगमले मंगलबार सार्वजनिक आह्वान गरेर स्वदेशी तथा विदेशी संस्थाबाट १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण रकम माग गरेको छ । वायुसेवा निगमले मागेको यस्तो ऋणबाट ५५ अर्ब रुपैयाँ हाल उडानमा भएकै जहाजको ऋण तिर्ने, नयाँ जहाज खरिद गर्नमा ७५ अर्ब रुपैयाँ प्रयोग गर्ने र ५ अर्ब रुपैयाँ भने निगमले आफ्नै ह्यांगर बनाउनमा प्रयोग गर्ने जानकारी गराएको छ ।
त्योसंगै निगमले स्वदेशी तथा विदेशी संस्थाबाट सस्तो दरमा ऋण लिने र हाल कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषबाट लिएको ऋण चुक्ता गर्ने उल्लेख छ। निगमले ति दुई नियकाबाट अन्तर्राष्ट्रिय उडानमा रहेको ४ वटा एयवसका जहाज खरिद गर्दा लिएको ऋण करिब ४७ अर्ब रुपैयाँ पुगेको छ । सरकारले खरिद गरेर दिएको चिनियाँ जहाजको पनि ऋण बाँकी नै छ ।
निगमका अनुसार ‘अहिले प्रयोग गरिएको ऋणको ब्याज महंगो भएकोले निगमलाई व्यवस्थापन मिलाउन असहज भएको छ। निगमले बनाएको १० वर्षे योजनाअनुसार अन्तर्राष्ट्रिय उडानका लागि ३ वटा नयाँ जहाज तत्कालै खरिद गर्न यो ऋण मागिएको हो। निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न पर्याप्त जहाज अभावको कारण नाफामूलक गन्तव्यमा जानै नसकेको निगमका अधिकारीको भनाई छ ।

निगमले वित्तीय व्यवस्थापनका लागि स्वदेशी तथा विदेशी संस्थाबाट मागेको यस्तो ऋणमा २५ अर्ब रुपैयाँ भने परिवर्तन नहुने ब्याजदरमा दिनुपर्ने शर्त राखेको छ । यस्तो ऋणमा निगम र ऋणदाताबीचको आपसी समझदारीमा ब्याजदर तय गरिने पनि उल्लेख छ । यस्तो ऋणको लागि ब्याजदर तथा विदेशी मुद्राको सटहीदर सरकारले स्वीकृति गरे अनुसार तय गर्न भने सकिने उल्लेख निगमले गरेको छ ।
निगमले लिने नयाँ ऋणको सुरक्षण तथा धितोको रूपमा निगमसँगै भएका जहाज, जहाज खरिदको परियोजना तथा निगमका भौतिक सम्पत्ति हुने पनि उल्लेख गरेको छ ।
निगमले ४५ दिनको समय दिएर मागेको यस्तो वित्तीय व्यवस्थापनको प्रस्ताव आगामी मार्च ७ ९फागुन २४० मा खोलिने पनि उल्लेख गरेको छ । प्रस्ताव पेस गर्ने कम्पनीले कम्पतिमा १ अर्ब डलरको परियोजनामा लगानी गरेको र न्यूनतम ७ वर्षको अनुभव भएको हुनुपर्ने शर्तसमेत तोकेको छ ।


































