काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज (जेठ ६ गते) देखि बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्काशन गरेको हो ।
जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता शेयर अति प्रभावित गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं.
४ र ५ का स्थायी बसोबास गर्ने बासिन्दाहरूमा बाँडफाँट गरिने जनाइएको छ ।
यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता शेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरूमा बाँडफाँट गरिनेछ ।


































