National life

कर्णाली बैंक समस्याउन्मुख भएको भन्दै निक्षेप लिन र थप कर्जा प्रवाहमा रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ मंसिर २०८१, मङ्गलबार
1.2kShares
कर्णाली बैंक समस्याउन्मुख भएको भन्दै निक्षेप लिन र थप कर्जा प्रवाहमा रोक
ncell

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न  नेपाल राष्ट्र बैंकले रोक लगाइएको छ।  वित्तीय तथा सुपरीवेक्षण विभागले एक सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्नमा रोक लगाएको जनाएको हो।

कर्णाली डेभलपमेन्ट बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा बैंकले तोके बमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले बैंकको वित्तीय अवस्था समस्याउन्मुख रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र बैंकको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्रबैंकले जारी गरेको सूचनामामा भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?