National life

विभागले माग्यो विद्युत् उत्पादकसँग खण्डिकृत तथ्यांक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ फागुन २०८०, सोमबार
620Shares
विभागले माग्यो विद्युत् उत्पादकसँग खण्डिकृत तथ्यांक
ncell

काठमाडौं। विद्युत् विकास विभागले विद्युत् उत्पादकसँग खण्डिकृत तथ्यांक माग गरेको छ ।

विभागले आयोजनासँग सम्बन्धित नक्सा, जीआइएस सेप फाइल र गुगल म्यापमा खुल्ने गरी पठाउन भनेको छ । विभागले १ मेगावाट भन्दा बढी जडित क्षमता भएका सञ्चालित आयोजनालाई पत्र लेख्दै रोयल्टी बाँडफाँटको हिस्सा निर्धारण गर्न यस्तो तथ्यांक आवश्यक परेको जनाएको छ ।

विभागले ७ दिनभित्र तथ्यांक उपलब्ध गराउन समेत भनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभागले अहिलेसम्म तिरेको रोयल्टीको विवरण र २०८०-८१ असार मसान्तसम्म उठ्न सक्ने रोयल्टी विवरण पनि उपलब्ध गराउन भनेको छ।

विभागले भौतिक संरचनातर्फ जलाशयले छोएका वडा, बाँध, इन्टेक, डिस्यान्डिङ बेसिन,नहर, पाइप वा सुरुङ, विद्युत् गृह, टलरेस र अन्य संरचना रहेको वडासमेत स्पष्ट खुलाई पठाउन भनेको छ । ‘रन अफ द रिभर’ का हकमा समेत सोही विवरण मागिएको छ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?