National life

विशेष अदालतद्धारा सम्पत्ति शुद्धीकरण मुद्दामा दुई व्यवसायीलाई ९० करोड जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
947Shares
विशेष अदालतद्धारा सम्पत्ति शुद्धीकरण मुद्दामा दुई व्यवसायीलाई ९० करोड जरिवाना
ncell

काठमाडौं । व्यवसायी प्रमोदकुमार जयसवाल र पप्पु ठाकुरलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा जरिवाना र कैद फैसला गरेको छ ।

अदालतले जयसवालमाथि ८ वर्ष कैदसहित ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ तथा ठाकुरमाथि ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवाना र ५ वर्ष कैद फैसला गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ वैशाख २ गते विशेष अदालतमा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

विशेष अदालतका तीन न्यायाधीश टेक नारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पुस ४ गते आरोपीहरुलाई कसुरदार ठहर गर्दै जरिवानासहित कैद सजाय सुनाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीकाअनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०९१० अनुसार जायसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपैयाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए ।

सोही मुद्दामा प्रतिवादी रहेका पप्पु ठाकुरको बिगो ३ करोड ६७ लाख १४ हजार रुपैयाँ कायम भएकोमा ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको फैसला भएको छ । नक्कली कागजातको आधारमा कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरि सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
947SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?