National life

विश्व दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति संघले टिकटक प्रतियोगिता गर्ने, पुरस्कार कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
746Shares
विश्व दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति संघले टिकटक प्रतियोगिता गर्ने, पुरस्कार कति ?
ncell

काठमाडौँ । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २५ गते परेको विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार सहित संघले सम्मान गर्नेछ । प्रतियोगिले आँखा स्वास्थ्यमा केन्द्रित भई जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो समय युवा देखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरुमाझ लोकप्रिय भइरहेको टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्व र आँखा स्वास्थ्यका बिषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले जानकारी दिए ।

त्यस्तै संघका महासचिव भरत बहादुर चन्दले आँखा स्वास्थ्य सम्बन्धी जनतेचना जागृत होस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको बताए ।

स्थापनाकाल देखि नै संघले आँखा उपचार सेवासंगै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कामलाई पनि निरन्तरता दिईरहेको छ ।

आईकेयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगिहरुले निर्माण गरेको भिडियोको बिषयबस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा बिषयबस्तु समावेश गर्न पाईने छैन ।

प्रतियोगिले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् । त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समाबेश नगरिने संघका कार्यक्रम व्यबस्थापक रञ्जन साहले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
746SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?