काठमाडौं । सामाजिक सुरक्षा कोष ले सातौँ सामाजिक सुरक्षा दिवसको उपलक्ष्यमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
कोषले एक सूचना जारी गर्दै टिकटक बनाएर प्रतियोगितामा भाग लिन आह्वान गरेको छ । कोषले नै छनोट गरी पठाएको गीतमा टिकटक बनाउन सकिने कोषले जनाएको छ ।
जसको लागि आज देखि मङ्सिर ५ गतेसम्मको समय तोकिएको छ ।
टिकटक प्रतियोगिताको प्रथम पुरस्कार रु ५० हजार राखिएको छ ।
यस्तै दोस्रो स्थानमा पर्न सफल हुने प्रतियोगीले रु ४० हजार र तेस्रो स्थानमा पर्न सफल हुने प्रतियोगीले रु ३० हजार नगद पुरस्कार स्वरूप प्राप्त गर्न सक्ने पनि कोषले जनाएको छ ।

































