National life

वैदेशिक रोजगारीका लागि साउनमा मात्रै ५९ हजार नेपाली विदेशीए , कुन देशमा कति गए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
1.5kShares
वैदेशिक रोजगारीका लागि साउनमा मात्रै ५९ हजार नेपाली विदेशीए , कुन देशमा कति गए ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ५९ हजार बढी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

त्यसमध्येमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ जना महिला रहेका छन् । पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या भने ३६ हजार ९२८ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा ३१ हजार २५६ पुरुष र पाँच हजार ६७२ महिला रहेका छन् । यस अवधिमा सबैभन्दा बढी यूएई गएका छन् ।

यूएइका लागि १७ हजार ५४१ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार ८२३ पुरुष र दुई हजार ७१८ महिला रहेका छन् । त्यसपछि क्रमशः साउदी अरेबिया ११८०९, कतार ११७८५, कुवेत ४६९५, रोमानिया २२९८, मलेसिया १३४४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसियाको रोजगारीमा भने घट्दो क्रममा देखिएको छ ।

साउन महिनामा ५४७ म्यानपावर कम्पनीहरूले २५ हजार ५०७ जनालाई वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २२ हजार २८५ पुरुष र तीन हजार २२२ महिला रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?