National life

वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा, भारतसँग मात्रै चार खर्ब बढीको व्यापार घाटा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
947Shares
वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा, भारतसँग मात्रै चार खर्ब बढीको व्यापार घाटा
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रु ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गरेकोमा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदन अनुसार उल्लेखित अवधिमा रु ९ खर्ब ८८ अर्ब ५८ करोडको आयात र १ खर्ब २७ अर्ब २० करोडको निर्यात भएको हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १० दशमलव ०९, निर्यात ४६ दशमलव ५० र कूल वैदेशिक व्यापार १३ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापार घाटा छ दशमलव २० प्रतिशतले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ दशमलव ६० र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।

विभागका अनुसार सबैभन्दा ठुलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा रु चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट रु पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा रु ९८ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ ।

त्यस्तै, चीनसँगको व्यापार घाटा रु एक खर्ब ९० अर्ब ४४ करोड बराबर छ । पछिल्लो सात महिना अवधिमा चीनबाट रु एक खर्ब ९२ अर्ब ४५ करोडको वस्तु आयात हुँदा रु दुई अर्बको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, संयुक्त अरब ईमिरेट्स, अस्ट्रेलियालगायत मुलुकसँगको व्यापार घाटा उच्च छ ।

नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरिरहेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै व्यापार नाफा अफगानिस्तानसँग छ । अफगानिस्तानसँग सात महिनामा रु एक करोड २४ लाखको आयात र रु ५९ करोड ४५ लाखको निर्यात भएको छ ।

विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। यो अवधिमा रु २९ अर्ब ४५ करोड १६ लाखको डिजेल, रु २४ अर्ब ५८ करोड ३२ लाखको पेट्रोल र रु छ अर्ब ६१ करोड ६५ लाखको एलपि ग्यास आयात भएको छ । त्यस्तै, रु पाँच अर्ब ५० करोड ९० लाख बराबरको विद्युतीय सवारीसाधन र रु पाँच अर्ब ४३ करोड ४१ लाखको अन्य सवारीसाधन आयात भएको छ । सात महिनामा रु तीन अर्ब ५३ करोड ९७ लाख बराबरको स्मार्टफोन आयात भएको पनि विभागले जनाएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भटमास तेल पहिलो स्थानमा छ। माघ मसान्तसम्ममा रु ३२ अर्ब ४१ करोड ५७ लाख बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, रु छ अर्ब ५७ करोड ६७ लाखको सूर्यमुखी तेल, रु पाँच अर्ब ३८ करोड ८० लाखको अलैँची, रु तीन अर्ब ८९ करोड ५२ लाखको कार्पेट, रु तीन अर्ब १० करोडको धागो र रु तीन अर्ब बराबरको चिया निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
947SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?