National life

श्रीलंकामा नेपालसहित ३५ देशलाई भ्रमण गर्न भिसा फ्री, नेपाल १२औँ स्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
702Shares
श्रीलंकामा नेपालसहित ३५ देशलाई भ्रमण गर्न भिसा फ्री, नेपाल १२औँ स्थानमा
ncell

काठमाडौँ । श्रीलंकाले नेपालसहित ३५ देशलाई आफ्नो देशमा भ्रमण गर्नका लागि भिसा फ्री गरेको घोषणा गरेको छ। बुधवार राति सामाजिक सञ्जाल ‘एक्स’मार्फत श्रीलंकाका विदेश मन्त्रीले भिसा नचाहिने देशको सूचि सार्वजनिक गर्दै नेपालसहित विभिन्न ३५ देशलाई भिसा फ्री गरिएको घोषणा गरेका हुन् ।

आगामी अक्टोबर १ बाट ६ महिनाको लागि यो प्रावधान लागू हुने उल्लेख गरिएको छ । श्रीलंकाका विदेशमन्त्री एमयूएम अलि साब्रीले सामाजिक सञ्जाल एक्समा उक्त सूची सार्वजनिक गर्दै लेखेका छन– ‘भिसामुक्त शासनको दिशामा पहिलो कदम ।’ भिसा फ्री गरिएका ३५ देशको सूचिमा नेपाल १२औँ स्थानमा छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो सूचिको पहिलो नम्बरमा बेलायत, दोस्रो नम्बरमा जर्मनी, तेस्रो नम्बरमा नेदरल्याण्ड्स, चौथो नम्बरमा बेल्जियम तथा पाँचौं नम्बरमा स्पेन छ । त्यसपछि क्रमशः अस्ट्रेलिया, डेनमार्क, पोल्याण्ड, काजकिस्तान, साउदी अरेबिया, यूएई, नेपाल, चीन, भारत, इण्डोनेसिया, रसिया, थाईल्याण्ड, मलेसिया, जापान, फ्रान्स, अमेरिका, क्यानडा, चेक रिपब्लिक, इटाली, स्विट्जरल्याण्ड, अस्ट्रिया, इजरायल, बेलारुस, इरान, स्विडेन, दक्षिण कोरिया, कतार, ओमान, बहराइन तथा न्युजिल्याण्ड रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?