National life

आज तीन बजे भित्रै शैक्षिक प्रमाणपत्र पेश गर्न प्रस्तावित राजदूत भट्टराईलाई निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
742Shares
आज तीन बजे भित्रै शैक्षिक प्रमाणपत्र पेश गर्न प्रस्तावित राजदूत भट्टराईलाई निर्देशन
ncell

काठमाण्डौं । श्रीलंकाका लागि नेपाली राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरेकै कारण संसदीय सुनुवाइ समिति अलमलमा परेको छ ।

राजदूतमा प्रस्तावित भट्टराईले आज दिउसो तीन बजेसम्म शैक्षिक प्रमाणपत्र नबुझाएमा संसदीय सुनुवाइ समितिले उनको नाम अस्वीकृत गर्ने जानकारी दिएको छ।  भट्टराईको बारेमा निर्णय लिन आज दिउँसो ३ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ।

बैठक अवधिसम्म शैक्षिक प्रमाणपत्र नबुझाए भट्टराईको राजदूतमा सिफारिसलाई अस्वीकृत गर्ने समितिको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भट्टराईसँगै राजदूतमा सिफारिस भएका अन्य १६ जनाको प्रस्ताव संसदीय समितिले स्वीकृत गरे पनि श्रीलंकाका लागि राजदूतमा प्रस्तावित भट्टराईले संसदीय सुनुवाइ समितिमा आवश्यक शैक्षिक योग्यताको प्रमाण पत्र बुझाउन नसक्दा उनको बारे निर्णय हुन सकेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
742SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?