National life

१६ देशका लागि राजदूत अनुमोदन: कुन देशका को (सूचीसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
793Shares
१६ देशका लागि राजदूत अनुमोदन: कुन देशका को (सूचीसहित)
ncell

काठमाडौँ। बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ।

उक्त बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो । जस अनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ।

साथै, इजरायलका लागि डा धनप्रसाद पण्डित,मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोक दर्शन रेग्मीको नाम अनुमोदन भएको छ। श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा भने अर्को बैठकमा छलफल हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
793SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?