National life

सडक प्रदर्शनको बेवास्ता गर्दै सहकारी ठगी प्रकरणमा रवि र छविलाई ७ दिन म्याद थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
679Shares
सडक प्रदर्शनको बेवास्ता गर्दै सहकारी ठगी प्रकरणमा रवि र छविलाई ७ दिन  म्याद थप
ncell

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

त्यस्तै, सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतले जनाएको छ ।

उनी गत असोज ६ गते पक्राउ परेका थिए । रास्वपाका सभापति लामिछाने सहित पक्राउ परेका लीला पछाइको पनि ७ दिन नै म्याद थपको आदेश गरेको छ । रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?