National life

सडक बत्ती बापतको ६अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
557Shares
सडक बत्ती बापतको ६अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहलाई बक्यौता विद्युत् महसुल भुक्तानी गर्नका लागि निर्देशन गरेको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापतको ६ अर्ब रुपैयाँ भुक्तानी नगरेको दाबी गर्दै तत्काल उक्त बाकी रकम तिर्न निर्देशन गरेको छ ।

प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खण्ड (ङ १) बमोजिम गैर कानुनी रहेको प्राधिकरणले स्पष्ट पारेको छ।

अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको प्राधिकरणले एक सूचना मार्फत चेतावनी दिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?