काठमाडौं । सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड लगनखेल शाखाले आज एक कार्यक्रमको माझ आफ्नो स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं. ६का अध्यक्ष श्री रुपेन्द्रराज शाक्यबाट संयुक्त रूपमा समुद्घाटन सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बाग्मती प्रदेश प्रमुख लोकमाया अधिकारी , लगनखेल शाखाका प्रमुख भूवन केशी , कर्मचारीहरू तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरू सामेल रहेका थिए ।
ग्राहकहरूलाई अझै बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नति गरी स्थानान्तरण गरिएको र आगामी दिनहरूमा ग्राहकमुखी सेवा दिँदै जाने कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।


































