काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन तयार भएको जनाएको छ ।
रास्वपाले सङ्कटग्रस्त रूपमा रहेका समग्र सहकारीको समाधान गर्ने गरी बन्ने छानबिन समितिका लागि तयार भएको जानकारी गराएको छ । व्यक्तिमा केन्द्रित नभई सहकारीमा देखिएका सबै समस्या समाधान निकाल्ने छानबिन समितिका लागि तयार भएको रास्वपाले जनाएको छ ।
यता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने विषय उठाइरहेका छ ।
गत शनिवार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले समग्रतामा समाधान खोज्ने गरी छानबिन समिति बन्न सक्ने बताएका थिए ।
रास्वपाको जलेश्वरमा बसेको बैठकले सहकारी र लघुवित्तका समस्या र समाधानका विधि तय गर्न उप सभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

































