National life

समयमा नवीकरण नगर्ने तीन इन्टरनेट कम्पनीहरूको लाइसेन्स खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
1.6kShares
समयमा नवीकरण नगर्ने तीन इन्टरनेट कम्पनीहरूको लाइसेन्स खारेज
ncell

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको शर्तको पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने तीन वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज गरेको छ।

प्राधिकरणले रेग्मी मिडिया इंक, सीडाटा कम्युनिकेस र लाइफ नेटको इन्टरनेट सेवा प्रदान गर्ने अनुमति पत्र रद्द गरेको जानकारी दिएको छ।

सीडाटा कम्युनिकेस र लाइफ नेटको लाइसेन्स सोमवार खारेज गरिएको थियो भने मंगलबार रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको हो। रेग्मी मिडिया इंकले २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालनको अनुमति पाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल दूरसञ्चार ऐन २०५३ अनुसार, यी कम्पनीहरूलाई दफा २५ (९५०) बमोजिम कारबाही गरिएको प्राधिकरणले जनाएको छ। तिर्नुपर्ने बाँकी रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?