National life

 सम्झनुस् यी दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
821Shares
 सम्झनुस् यी दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । आज सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

यी दुई विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् मंसिर ११ गते बुक क्लोज गर्दैछन् । त्यसकारण आजम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही विशेष प्रस्ताव पारित गर्नका लागि मंसिर २४ गते साधारण सभा बोलाएको छ। सभामा यसका बाहेकका अन्य एजेण्डामा पनि छलफल भई पारित हुनेछ ।

यस्तै, शाइन रेसुङ्गा हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश वितरणको विशेष प्रस्तावसहित बैंकले मंसिर २३ गते साधारण सभा बोलाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
821SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?