National life

सम्झौताका लागि जीवन बीमा कम्पनी र अनलाइन भुक्तानी सेवा प्रदायकहरूलाई विभागको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
1.3kShares
सम्झौताका लागि जीवन बीमा कम्पनी र अनलाइन भुक्तानी सेवा प्रदायकहरूलाई विभागको आग्रह
ncell

काठमाडौँ। जीवन बीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूलाई वैदेशिक रोजगार विभागले सम्झौता गर्नका लागि उपस्थित हुन आग्रह गरेको छ ।

विभागको वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस सिस्टम) मा आबद्ध रहेका तथा २०८१-०८२ देखि आबद्ध हुन चाहेन जीवन वीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूले अबको १५ दिनभित्र आवश्यक कागजातसहित सम्झौताका लागि विभागमा आउन  आग्रह गरेको हो ।

०८१/०८२ देखि आबद्ध हुन चाहने जीवन बीमा कम्पनी र भुक्तानी प्रदायक संस्थाहरूलाई सूचीकृत हुनका लागि विभागले सूचित गरेको हो । सोही आधारमा विभागको असार ३० गतेको निर्णय अनुसार जीवन बीमाका लागि १३ वटा कम्पनी छनौट गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै विभागले  अनलाइन भुक्तानी सेवाका लागि १७ वटा कम्पनी छनौट गरेको छ । ती संस्थाहरूलाई आवश्यक कागजातसहित सम्पर्क गर्न अनुरोध गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?