काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कञ्चनपुरको सीमा क्षेत्रमा भारतले एक हजार बिघा जमिन कब्जा गर्दा पनि बोल्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका सरकार देशको सीमा रक्षामा असफल भएको बताएका छन् । उनले नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बिचमा रहेको करिब एक हजार बिघा (६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको बताएका हुन् ।
यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि सरकारले नदेखेको उनको आरोप छ ।
उनले सीमा स्तम्भहरूलाई अद्यावधिक गर्न, सिमानामा नियमित पेट्रोलिङको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन् ।


































