National life

सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत, भोलीदेखि कारोबारमा आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
665Shares
सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत, भोलीदेखि कारोबारमा आउने
ncell

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ ल्याइएको सर्वोत्तम सिमेन्टको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले सार्वजनिक निष्कासन गरेको ६० लाख कित्ता आईपीओ सहित कुल प्रतिसेयर अंकित मूल्य १०० दरका ४ करोड ६५ लाख कित्ता नेप्सेको चैत ४ को निर्णय तथा सेयर धितो पत्र सूचीकरण विनियमावली २०७५, बमोजिम सोमबार सूचीकृत भएको हो।

कम्पनीको सेयर गोला प्रथाबाट सेयर प्राप्त गरेका ५५ हजार ५२१ जना लगानीकर्ताको हित ग्राही खातामा चैत २ गते शुक्रवार जम्मा भैसकेको छ । कम्पनीमा चुक्ता पुँजीको १२.९०३३ प्रतिशत सर्वसाधारण र ८७.०९६७ प्रतिशत संस्थापक सेयर हिस्सा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्सेले कम्पनीको सेयर दोस्रो बजारमा कारोबारका लागि ‘एसएआरबिटिएम’  (SARBTM) कारोबार संकेत दिएको छ । मङ्गलवारदेखि यही कारोबार संकेतमा कम्पनीको धितो पत्र खरिद बिक्रीमा आउनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडबीच चैत ५ गते धितो पत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

बुक बिल्डिङ विधिबाट आईपीओ ल्याएको कम्पनीको आर्थिक वर्ष २०७९–८० को परिष्कृत वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा छ ।सर्वोत्तम सिमेन्टको आइपीओले प्रतिकित्ता न्यूनतम १८५ रुपैयाँ ३६ पैसा देखि अधिकतममा ५५६ रुपैयाँ ८ पैसासम्म ओपनिङ रेन्ज पाउनेछ । कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकरणपछि पहिलो कारोबारका लागि नेटवर्कको ३ गुणासम्म ओपनिङ रेन्ज तोकिने गरेको छ ।

सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरेको आइपीओको कट अफ प्राइस भने प्रतिकित्ता ४०१ रुपैयाँ निर्धारण भएको थियो। बुक बिल्डिङ विधिमार्फत कम्पनीले आइपीओ ल्याउँदा योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्दा तय भएको कट अफ प्राइसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई आइपीओ ल्याउन पाउने व्यवस्था रहेको छ। सोही अनुसार सर्वसाधारणलाई कम्पनीले आइपीओ बिक्री गरेको हो ।

यो विधिबाट ल्याइने आइपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने प्रावधान अनुसार ५५ हजार ४९५ जनाले ५० कित्ता र २६ जनाले ५१ कित्ता सेयर पाएका छन् । बुक बिल्डिङ विधिबाट ल्याइएको आईपीओ ल्याएको कम्पनी भएकाले यस कम्पनीको ओपनिङ रेन्जका विषयमा भने अन्यौलता नै देखिएको थियो । कम्पनीको प्रधान कार्यालय काठमाडौँको तीनकुने रहेको छ । सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा एनआइएमबि क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँबाट हुने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?