काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वोत्तम सिमेन्टको खुद नाफा ३२.०३ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्मको अवधिमा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही समयावधिमा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
त्यस्तै चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ बिक्री आम्दानी गरेको हो। यो गत आवको सोही अवधिको तुलनामा २५.१६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्ष कम्पनीले ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
कम्पनीको कुल खर्च ४.७६ प्रतिशत बढेर ५२ करोड २८ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४९ करोड ९० लाख ८५ हजार रुपैयाँ कुल खर्च भएको थियो । त्यस्तै, कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षमा कम्पनीको आम्दानी ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा ३६ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा समेत सामान्य अंकले बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ पैसा बढेर ३ रुपैयाँ ४६ पैसा पुगेको छ।


































