National life

सलिकोले इटहरीमा सम्पन्न गर्यो दुई दिने कर्मचारी अभिवृद्धि तालिम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ पुस २०८१, आइतबार
583Shares
सलिकोले इटहरीमा सम्पन्न गर्यो दुई दिने कर्मचारी अभिवृद्धि तालिम
ncell

काठमाडौं । यहीँ पौष १९ र २० गते इटहरिको एक होटलमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त तालिमको उद्देश्य सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षता र क्षमता बृद्घि गर्नु रहेको थियो । उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो, जसमा नेपाल बीमा प्राधिकरणका कोशीप्रमुख बिनोद कुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव महा–प्रबन्धक कबिराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम रहेका थिए ।

तालिम प्रशिक्षकहरुमा बजार विभागका नायव महा–प्रबन्धक कबि राज पौडेल, दावी विभागका प्रमुख सुभाष दिक्षीत, कोशीप्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ्ग विभागका प्रमुख दिवश तिमल्सिना, र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा रहेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रशिक्षकहरुले विभिन्न र बीमा क्षेत्रका साथ अन्य समसामायिक बिषयहरुमा जानकारी दिनुभएको थियो भने नेपाल बीमा प्राधिकरणका बिनोद कुमार पोख्रेलले बीमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए ।

यस इनहाउस तालिममा कोशी प्रदेशका सम्पुर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता रहेका थियो । जसले सबै सहभागीहरुलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गर्याे । यस सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरुको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्घ रहेको जानकारी दिएकोे छ ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?