National life

सहरी विकास मन्त्रालयको आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च, यस्तो छ वित्तीय प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
705Shares
सहरी विकास मन्त्रालयको आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च, यस्तो छ वित्तीय प्रगति
ncell

काठमाडौं। सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ।

मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षमा बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरुको ठेक्का सम्झौता भइ १२४ वटा कार्यक्रमहरुको निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

आज मन्त्रालयको चालु आ.व.को प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण मैनालीले शहरी विकास मन्त्रालयको वित्तीय प्रगतिमा चालु आर्थिक वर्ष २०८१र०८२ मा यस वर्षको बजेट जम्मा ९१ अर्ब ५५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब ३५ करोड ८३ लााख ३९ हजार रहेको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमध्ये चालुतर्फ ४ अर्ब ८२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब २३ करोड ४५ लाख १६ हजार विनियोजित रहेको उनको भनाई छ । हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ।

मन्त्रालयको अनुसार हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार (१७.९३ प्रतिशत) खर्च भएको जनाएको छ। चालु आर्थिक वर्षको ३ हजार ७ सय १६ वटा नयाँ कार्यहरुमध्ये १ हजार ६ सय २३ वटा कार्यक्रमको बोलपत्र आह्वान भइसकेको र बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये १ हजार ९८ वटा कार्यक्रमहरुको ठेक्का सम्झौता भइ १२४ वटा कार्यक्रमहरुको निर्माण कार्य सम्पन्न भइसकेको जनाएको छ ।

बोलपत्र आह्वान हुन नसकेको बाँकी २ हजार ९३ वटा कार्यक्रमहरुमध्ये २८८ वटा कार्यक्रमहरु बहुवर्षीय स्वीकृतिको लागि प्रश्तावित कार्यक्रमहरु हुन् भने ८० वटा कार्यक्रमहरु संशोधनका लागि प्रश्तावित कार्यक्रमहरु भएको मन्त्रालयको जानकारी छ ।

त्यस्तै, यस वर्ष सहरी पूर्वाधार तथा भवन निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको मन्त्रालयको दाबी छ । बाँकेको नेपालगञ्जस्थित सिटी हल निर्माण सम्पन्न भई अन्तिम प्रक्रियामा छ। लौकही सभाहलको निर्माण पनि अन्तिम चरणमा पुगेको जनाएको छ । ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवासको दोस्रो चरणको निर्माण ८० प्रतिशत पूरा भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

ग्रामीण सडक तथा पुल निर्माण योजनाअन्तर्गत हालसम्म ८.६ किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। ३० वटा स्थानीय सडक पुल बनाउने लक्ष्य राखिएकोमा पाँच वटा निर्माण सम्पन्न भइसकेका छन् ।

त्यस्तै, ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने योजनाअन्तर्गत १६२ वटा सम्पन्न भएका मन्त्रालयका प्रवक्ता मैनालीले जानकारी दिए । सहरी विकास मन्त्रालयले स्थानीय तहहरूका प्रशासकीय भवन निर्माणलाई प्राथमिकता दिएको छ । यस अन्तर्गत ६८ वटा स्थानीय तहमा भवन निर्माण गर्ने लक्ष्यसहित हालसम्म ३६ वटा प्रशासकीय भवनहरू निर्माण सम्पन्न भएका छन् ।

सिंचाइ पूर्वाधार विकासमा पनि सरकारको लगानी जारी छ । चालू वर्षमा १ हजार ७२३ हेक्टर सिंचित क्षेत्रफल वृद्धि गर्ने लक्ष्य राखिएकोमा हालसम्म ६७८ हेक्टरमा सिंचाइ सुविधा विस्तार भइसकेको जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?