National life

सहसचिव शोभाकान्त पौडेल र उपसचिव मैनालीलाई अख्तियारको पत्र, के हो विषय ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ भदौ २०८१, मङ्गलबार
548Shares
सहसचिव शोभाकान्त पौडेल र उपसचिव मैनालीलाई अख्तियारको पत्र, के हो विषय ?
ncell

काठमाडौँ। भन्सार विभागका पूर्व महानिर्देशक तथा सहसचिव शोभाकान्त पौडेल र उपसचिव रामप्रसाद मैनालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । पौडेल र मैनालीको मिलेमतोमा भएको भन्सार मूल्याङ्कनको विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।

उनीहरू विरुद्ध गत वर्ष ग्यास लाइटरको भन्सार मूल्यांकन बढाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य नबढेको अवस्थामा एक्कासि तत्कालीन भन्सार विभागको नेतृत्वले बदनीयतपूर्वक भन्सार मूल्यांकन बढाएको भन्दै उजुरी परेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अख्तियारले  सोही उजुरीलाई आधार मानेर अर्थ मन्त्रालय माफर्त पत्र काटेको पाएको छ । सामान्यतः मूल्यांकन बढाउने विषय बजार मूल्यसँग नै सम्बन्धित हुन्छ । तर पौडेल र मैनालीको मिलेमतोमा भने ग्यास लाइटरको केसमा विभाग र मातहतको कार्यालयले नेपालको आयात निर्यातको व्यवस्थालाई नै धज्जी उडाएर मूल्यांकन बढाएको आयोगको निष्कर्ष छ ।

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?