National life

साउनका लागि १३ बैंकको ब्याजदर घट्दा ५ बैंकको स्थिर , २ बैंकले बढाए

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
1.3kShares
साउनका लागि १३ बैंकको ब्याजदर घट्दा ५ बैंकको स्थिर , २ बैंकले बढाए
ncell

काठमाडौं । वाणिज्य बैंकहरुको साउन महिनाको १ गतेदेखि लागुहुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेकाछन् । औसतमा साउन महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ ।

व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब साउन महिनाका लागि ६.७३ प्रतिशत कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
असारमा औसत ब्याजदर ६.८७ प्रतिशत रहेको छ। औसतमा हेर्दा २० बैंकहरुको ब्याजदर साउनका लागि ०.१४ विन्दुले घटेको हो ।

पछिल्ला महिनाहरुमा बैंकहरुले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन । प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर घटाउन बैंकहरुबीच प्रतिस्पर्धा नै चलिहरेको छ ।

त्यस्तै १३ बैंकको ब्याजदर घटेको छ भने ५ बैंकहरुले असारकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन् । कृषि विकास बैंक र एभरेष्ट बैंकले भने असार महिनाको तुलनामा साउनमा ब्याजदर बढाएका छन् । यता, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल र नेपाल एसबीआई बैंकले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?