National life
cg eloctronics

साउनदेखि फागुन मसान्तसम्म ११ खर्ब ५९ अर्ब बढीको तरलता प्रशोचन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
456Shares
साउनदेखि फागुन मसान्तसम्म ११ खर्ब ५९ अर्ब बढीको तरलता प्रशोचन
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थपिदै गएपछि नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको आठ महीनाको अवधिमा मौद्रिक उपकरणहरुको प्रयोग गरेर ११ खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ।

आठ महिनाको अवधिमा केन्द्रीय बैंकले कुल ५ खर्ब ६२ अर्ब ६१ करोड रुपैयाँ तरलता उपयोग गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९–८० को आठ महीना अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरु मार्फत राष्ट्र बैंकले खुद ३६ खर्ब ९२ अर्ब २८ करोड तरलता प्रवाह गरेको थियो।

यो वर्ष कर्जाको माग सुस्त बन्दा बैंकहरुले रहेको निक्षेप राष्ट्र बैंकमा रकम राखेर ब्याज खाने अवस्था आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि फागुन मसान्तसम्ममा निक्षेप संकलन बोलकबोलमार्फत ५ खर्ब ९३ अर्ब ५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ५ खर्ब ६६ अर्ब ८० करोड गरी कुल ११ खर्ब ५९ अर्ब ८५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधा मार्फत ५ खर्ब ६१ अर्ब ४१ करोड गरी कुल ५ खर्ब ६२ अर्ब ६१ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेको तथ्यांकमा उल्लेख छ । विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ७४ करोड खुद खरिद गरी ४ खर्ब ९६ अर्ब ६६ करोड तरलता प्रवाह गरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ७० करोड खुद खरिद गरी ४ खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरिएको थियो ।

यस अवधिमा अमेरिकी डलर २ अर्ब ४६ करोड बिक्री गरी ३ खर्ब २७ अर्ब ४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ८ करोड बिक्री गरी ४ खर्ब १ अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । आयात कम हुँदा भारतीय रुपैयाँको खरिद यो वर्ष घटेको हो ।

आर्थिक वर्ष २०८०-८१ को आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई १० खर्ब ३० अर्ब २२ करोड कायम भएको छ । कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई ९ खर्ब २९ अर्ब ६१ करोड छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?