National life

साउन महिनाका लागि प्रभु बैंकले व्यक्तिगत र संस्थागततर्फकै ब्याजदर घटायो , कुनमा कति घट्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
705Shares
साउन महिनाका लागि प्रभु बैंकले व्यक्तिगत र संस्थागततर्फकै ब्याजदर घटायो , कुनमा कति घट्यो ?
ncell

काठमाण्डौ । साउन १ गतेदेखि लागू हुनेगरी प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर घटाएको छ ।

जस अनुसार बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। व्यक्तिगत मुद्दती निक्षेपतर्फ जेठ महिनाका लागि भने बैंकले अधिकतम ७.५०० प्रतिशत ब्याजदर दिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै बैंकले व्यक्तिगत मुद्दतीतर्फ ३ महिनादेखि ५ महिना अवधिका लागि ५.५०० प्रतिशत, ६ महिनादेखि १२ महिना अवधिका लागि ६ प्रतिशत,१२ महिनामाथि देखि ५ वर्ष अवधिका लागि ६.५०० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ वर्षसम्मका लागि ४.५०० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ६।५०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?