National life

साताको समीक्षा: ३८.८३ अंक घट्यो नेप्से, दैनिक औषत कारोबार रकममा ३०.०३%ले गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ भदौ २०८१, शनिबार
905Shares
साताको समीक्षा: ३८.८३ अंक घट्यो नेप्से, दैनिक औषत कारोबार रकममा ३०.०३%ले गिरावट
ncell

काठमाडौं ।  गत साता २७२७.३६ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४२ प्रतिशत अर्थात् ३८.८३ अंक घटेर २६८८.५३ विन्दुमा बन्द भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको हो ।

यस साता भएको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको छ भने साताको अन्तिम कारोबारका दिन मात्र बढेको थियो। अन्तिम कारोबार दिन नेप्से ७८ अंक बढेर बन्द भएको थियो। यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। यस साता दैनिक औषतमा ८ अर्ब ३७ करोडको मात्र शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३०.०३ प्रतिशत घटेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स २.०३ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशत घटेको छ। त्यस्तै, यस साता कुल कारोबार सङ्ख्या २५.८३ प्रतिशत घटेको छ भने कुल शेयर सङ्ख्या २७.९७ प्रतिशत घटेको छ।

https://aarthikvoice.com/archives/43725

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब साढे १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ३६ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण, यस साता ६१ अर्ब घटेर ४२ खर्ब ७४ अर्बमा सीमित भएको छ।

त्यस्तै, १३ उपसमूहमध्ये यस साता लगानी उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको हो। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.१४ प्रतिशत घटेको छ।

यस साता बेष्ट फाइनान्सको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको छ। फाइनान्सले लिलामी प्रक्रियामार्फत बिक्री गरेको शेयर यस साता सूचीकृत भएको हो।

त्यस्तै,यस साता सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सर्वाधिक २०.७५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता मानुषी लघुवित्तको शेयर मूल्य २० प्रतिशतभन्दा बढी बढेको छ भने इमर्जिङ्ग नेपालको शेयर मूल्य करिब १९ प्रतिशत बढेको छ। कारोबारमा आएको गुडविल फाइनान्सको शेयर मूल्य भने यस साता सर्वाधिक १०.४८ प्रतिशत घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
905SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?